शनिबार, बैशाख ८, २०८१

समाज रुपान्तरणमा युवाशक्तिको भूमिका महत्वपूर्ण

काठमाडौ साउन २६, नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आज राजधानीमा  रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२   अन्र्तगत रहेका रोटरी क्लव अफ जाउलाखेलले  motivational talk   को आयोजना गरेको छ ।

बढ्दो युवाको बेरोजगारको अवस्था, शैक्षिक विकृति समाजमा विद्यमान अराजकता लगायतका यावत खिचातानीको अन्त्यका लागि समाजमा युवाशक्तिको चलायमान आवश्यक रहेको र युवा शक्तिकै नेतृत्वमा समाज रुपान्तरण गर्न सकिन्छ भन्ने एजेन्दामा केन्द्रीत प्रस्तुत कार्यक्रममा मानसिक रोग विशषज्ञ डा रितेस थापा र नवोदित राजनैतिक अभियन्ता रन्जु दर्शना न्यौपानेले आआफनो अनुभव सहभागी माझ प्रस्तुत गर्दै निरासा भन्दा आशा र सकारात्मक अभिव्यक्ति सहित सवैजना आ आफ्नो तह र तप्काबाट क्रियाशील हुँने हो भने परिवर्तन संभव रहेको बताउँनु भएको थियो ।

त्यस्तै डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन किरणलाल श्रेष्ठले कार्यक्रमको औचित्य आफैमा महत्वपूर्ण रहेको बताउँदै व्यक्ति र समाज रुपान्तरणका लागि सोचमा परिवर्तन आवश्यक रहको बताउँनु भएको उक्त कार्यक्रममा रोटरियन शारदा आचार्य लगातले कार्यक्रमको आवश्यकता औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।