सोमवार, बैशाख १७, २०८१

लाल प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

काठमाडौं चैत १०,  प्रतिनिधिसभाको आजको बैठकमा राजपाका नेता नेता महन्थ ठाकुरले तराई–मधेशमा भएको आन्दोलनका सम्बन्धमा छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सरकारको तर्फबाट यसअघि सार्वजनिक गर्ने प्रतिवद्धा जनाईएपनि प्रतिवेदन सार्वजनिक नगरिएकोमा आक्रोश व्यक्त गर्दै नेता ठाकुले प्रतिवेदन सार्वजनिक गर्ने सभामुखले दिएको निर्देशनसंगै सरकार स्वयमले पनि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए । तर किन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भनी प्रश्न गर्नुभएको थियो ।

त्यस्तै आजको बैठकमा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल लगायतले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।