शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ गृहको चेतावनी- विप्लव समूहका गतिविधिलाई सहयोग गरे कारबाही

काठमाडौं चैत १०, प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपा र उसका गतिविधिमा सहयोग पुग्नेगरी चन्दालगायत अन्य सहयोग गरे सरकारले कारबाही हुने चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गरेको विज्ञप्तिमा विप्लव समूहको नेकपाको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग गर्नेलाई आपराधिक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिदै त्यस्ता खालका कुनैपनि सहयोग नगर्न भनेको छ ।

त्यस्तै विज्ञप्तिमा कोही कसैले त्यस्तो आर्थिक तथा अन्य सहयोग गरेको पाइए सहयोग दिने र लिने दुवैलाई कारबाही गरिने उल्लेख गर्दै विज्ञप्तिमा कुनै किसिमको आर्थिक, भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नपर्न र यस किसिमका कुनै घटना भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728