सोमवार, बैशाख १७, २०८१

अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं चैत ३, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै हुनुहन्छ ।

पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याबाट पिडित पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ दाहाल आज साँझ अमेरिका जाने भएको हो ।

दाहालले यसअघि भारत र सिंगापुरमा लगेर पत्नीको उपचार गराएको भए पनि स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन । प्रचण्ड दम्पत्तीसँगै उहाँहरुकी छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने उहाँको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै अमेरिका बसाइको क्रममा अध्यक्ष प्रचण्डले केहि उच्चस्तरको राजनैतिक भेटवार्ता समेत गर्नुे कार्यक्रम रहेको बताईको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।