शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रतिबन्धीत नेकपाको हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारको निर्देशन

काठमाडौं चैत ३, नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ ।

सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाको कारबाही क्रमस घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित रहेको छ ।

विस्फोट र आगजनीका घटना बढाएरका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने उनीहरुको कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण रहेको खवरमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।