सोमवार, बैशाख १७, २०८१

जनमतको ठाडो अनादर गर्दै सासंद मानन्धरले पदबाट गरे राजीनामाको घोषणा

 काठमाडौं असोज २३, काठमाडौं निर्वाचन क्षेत्र.न  ७ बाट गत मंसिरमा भएको संघीय ससंदको सदस्य निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट निर्वाचित रामवीर मानन्धरले आज आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । गत चुनावमा बर्दियाको क्षेत्र न १ मा काँग्रेसका सञ्जय गौतमसंग पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई सांसद बनाउनकै लागि नेकपाको सोमबारको सचिवालय बैठकले निर्णय अनुरुप सासंद मानन्धरले राजीनामाको घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा  सासंद मानन्धरले राजीनामा घोषणा गर्दै आफ्नो निर्णय देश विकास लागि र जनताप्रतिको सम्मान भएको बताउँदै गर्दा क्षेत्र ७का मतदाताले आफ्नो मतको ठाडो अनादर भएको जिकिर गरेका छन । तर सासंद मानन्धरले आफ्नो राजीनामा दिनुमा कुनै स्वार्थ नभएको दाबी गर्दै सांसद पदत्यागको स्वेच्छा पत्र पार्टी नेतृत्वलाई बुझाएको जानकारी सहित आफु पार्टीको निर्णयको प्रतिक्षामा रहेको पत्रकार सम्मेलनमा जनाउ दिएका छन ।
स्मरण रहोस सासंद मान्नधरले राजिनामा दिदैमा वामेद गौतम सांसद बनिहाल्ने भने होइन । यद्यपी मानन्धरको राजिनामासंगै काठमाडौं क्षेत्र न ७मा हुने हुने उप निर्वाचन मार्फत विजयी बन्दै सांसद बन्ने गौतमको तयारी सजिलै त्यसवेला पुरा हुन्छ जुन वेला काँग्रेसका प्रभावशाली उम्मेदवारलाइ पराजित गर्नुपर्ने हुन्छ । यद्यपी मानन्धरको राजीनामा प्रकरणले काठमाडौं क्षेत्र ७का मतदाताले आफ्नो मतको अनादर गर्ने एमाले चरित्रलाइ यसपटक फेरी सवक सिकाउँने तयारी गरेका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।