शुक्रबार, चैत्र १६, २०८०

कात्तिक १० मा नेकपाको चियापान

 काठमाडौ असोज २३,  नेपाल कम्युनिस्ट पार्टीले वडादसैं, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार राजधानीको भृकुटीमन्डपमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न बैठबले कार्यक्रमका लागि पार्टीको प्रदेश नम्बर–३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।