सोमवार, बैशाख १७, २०८१

साझा दृष्टिकोणका लागि महानगरका प्रमुखको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम गठन

काठमाडौं असोज  २१, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शुक्रबार सम्पन्न उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुको भेलाले उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको छ । विकास निर्माण तथा व्यवस्थापनका साझा सवालमा एउटै कार्यक्रम तथा सोच निर्माण गर्ने उद्देश्यले यस किसिमको फोरमको स्थापना गरिएको हो ।

फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव हुनुहुन्छ भने सदस्यमा काठमाडौंका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर र टोखा नगरपालिका ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख र उपप्रमुखलाई राखिएको छ ।

त्यस्तै फोरमले फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम, योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्य निर्धारण गरेको जनाउ सहित गठित फोरम नेपाल नगरपालिका संघको प्रतिस्पर्धी नभइ काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — उपत्यकामा भएका विकास तथा सहरी व्यवस्थापन, पूर्वाधार निर्माण, कर तथा राजस्वका दर निर्धारण, जोडिएका समस्या समाधानमा एउटै कार्यक्रम सञ्चालन गर्न यो फोरमको निर्माण गरिएको जानकारी दिनु भएको छ । चन्द्रमणि भट्टराई

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।