शुक्रबार, चैत्र १६, २०८०

राष्ट्र बैंकले आजदेखि प्रतिव्यक्ति २७ हजार नयाँ नोटको सटही गर्ने

काठमाडौं असोज २१, नेपाल राष्ट्र बैंकले आइतबारदेखि वडादसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध अन्र्तगत प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुने जानकारी दिएका छन ।

यसका लागि राष्ट्र बैंकले उपत्यकाभित्र र उपत्यकावाहिरका जिल्लास्थित सातवटा कार्यालय त्यस्तै वाणिज्य बैंक लगायत विभिन्न २१ स्थानबाट नयाँ नोट सटही हुने जनाएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने बैकले जनाएको छ । राजधानी

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।