सोमवार, बैशाख १७, २०८१

दुइ तिहाइ बहुमत प्राप्त प्रम ओलीको दुखेसो आफूलाई कसैले पनि टेरेन

 काठमाडौं असोज २३, राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राजपाका अध्यक्ष महन्थ ठाकुरले बुझाएकोदुई पृष्ठको ज्ञापनपत्र बुझ्दै प्रम ओलीले यस्तो दुखेसो गरेको बताईएको छ। त्यस क्रममा प्रम ओलीले यहाँसम्मकी अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि आफुलाइ नटेरेका कारण किशोरी निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन नसक्नुको अलावा तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा समेत समस्या सिर्जनाभएको बताउँनु भएको बुझिएको छ ।

त्यस्तै ज्ञापनपत्रबुझाउँदै राजपाका अध्यक्ष महन्थ ठाकुरले प्रम ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिदै गर्दा प्रमले यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत भएकाले समर्थन फिर्ता लिने कुरै नगरौं।

 म उहाँहरुको माग कुनैपनि हालतमा दसैंसम्म पूरा गर्छु भन्दै प्रतिबद्धता व्यक्त गरेको   छ । तर प्रधानमन्त्रीले प्रतिवद्धता अभिव्यक्त गरेलगत्तै अध्यक्ष ठाकुरले  तपार्इंलाई दसैंसम्म मात्र होइन छठसम्म समय दिएका छौं यसवीचमा छक्याउने र झुक्याउने काम नगर्न  अध्यक्ष ठाकुरले भनेको समाचार स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।