सोमवार, बैशाख १७, २०८१

फुजेल हत्या प्रकरण : १३ प्रतिवादीमध्ये छविलाल सहित १२ जनालाइ सफाइ

चितवन भाद्र २४,  गोरखका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको आज जिल्ला अदालत चितवनले अधिकारी हत्या सम्बन्धी मुद्दाको फैसला गरेको छ ।

अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्या प्रकरणमा फैसला सुनाउँदै प्रस्तुत हत्या प्रकरणको १३ जना प्रतिवादीमध्ये फरार सूचीमा रहेका प्रतिवादी रुद्र आचार्यको हकमा पछि फैसला गर्नेआदेश सहित १२ जनालाइ सफाइ दिएको छ । सफाई पाउनेमा हाल काठमाडौं कारागारमा रहेका छविलाल पौडेल लगायतका प्रतिवादी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । त्यस्तै  छोराका हत्यारालाई कारवाही को माग सहित २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।