शुक्रबार, बैशाख १४, २०८१

संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा प्रस्तावित प्रन्या मिश्रको नाम अनुमोदन

काठमाडौ भाद्र २५ ,सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लासग प्रस्तावित ओमप्रकाश मिश्रको नाम संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।  आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रन्या मिश्रले समितिका सदस्यहरुले उठान गर्नुभएका प्रश्नको जाफ दिदै अदालतमा बढ्दो भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रतिको भरोसालाइ मजबुत बनाउँने आ प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै उहाँले प्रश्न उरको क्रममा अदालतमा भ्रष्टचारी र विचौलीयालाई प्रवेश निषेधका लागि दरिलो संयन्त्र बनाउँने आफ्नो योजना रहेको जानकारी दिनुभएको थियो ।    प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ४ उजुरी परेको उजुरी फिर्ता लिएका थिए । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा समितिले उहाँको नाम अस्वीकृत गरिएसंगै संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाइपछि सर्वसम्मत रुपमा प्रस्तावित प्रधानन्यायाधीशमा नाम अनुमोदन गरेको जानकारी दिदै अव राष्ट्रपतिले प्रधानन्यायाधीको नियुक्ति तथा शपथ गराउने संवैधानिक व्यवस्था रहेको जानकारी दिनु भएको

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।