सोमवार, बैशाख १७, २०८१

बकर–इदको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भने -पर्वले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस् 

 काठमाडौ भाद्र ६,   राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नु भएको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरिएको छ ।

यसैवीच उपपराष्ट्रपति नन्दबहादुर पुनले पनि मुस्लिम समुदायको महान् पर्व बकर–इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति पुनले आफ्नो शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद (इदुल जोहा) पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तैगरि प्रधानमन्त्री केपी ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्दै जारी गर्नु भएको शुभकामना सन्देशमा संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गर्नुभएको छ ।  त्यस्तै भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महान् पर्व बकर इदका अवसरमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।