आइतवार, बैशाख १६, २०८१

पत्रपत्रिका वर्गीकरणमा अवलम्बन गरिने मापदण्ड कर्मकाण्डी भएको सरोकारवालाहरुको जिकिर

 काठमाडौं भाद्र १,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्दारा आज राजधानीमा आयोजित पत्रपत्रिका वर्गिकरणमा देखिएको समस्या र समाधान विषयक वृहत एवम् विशेष अन्र्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै सरोकारवालाहरुले प्रेस काउन्सिलको पत्रपत्रिका वर्गिकरणको नीति त्रुटीपूर्ण भएका कारण हरेक वर्ष समस्या देखिने गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहालको अध्यक्षतामा भएको प्रस्तुत कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पत्रपत्रिका वर्गीकरणको क्रममा अवलम्बन गरिने मापदण्ड कर्मकाण्डी भएकै कारण समस्या सिर्जना हुने गरेको वक्ताहरुको जिकिर रहेको थियो ।   कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रगतिशिल पत्रकार संगठनका अध्यक्ष नारायण शर्मा , मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह,लगायतका वक्ताहरुले प्रेस काउन्सिलले गर्ने गरेको वर्गिकरणको मापदण्ड संरचनामा नीतिगत सुधार गर्दै पत्रपत्रिका वर्गीकरणको परिणामलाइ विवादमुक्त गरिनुपर्ने बताएका छन ।

त्यस्तै प्रेस सेन्टरका अध्यक्ष महेश्वरदाहालले भने संकुचन तथा पूर्वाग्रही सहितको नीति र प्रणालीलाइ आधार मानेर गरिने वर्गिकरणको औचित्य नभएको जनाउ दिदै प्रत्येक वर्ष वर्गिकरणको नाममा सिर्जना हुने समस्या समापनको लागि प्रस्तुत प्रणालीनै खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा उपत्यका प्रदेश समतिको कार्यक्षेत्र अन्र्तगत रहेका क्रमस पत्रकार महांघ काठमाडौ ललितपुर र भक्तपुरकाजील्ला अध्यक्षत्रय शन्तराम बिडारीं, ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकीले काउन्सिलले पत्रपत्रिका वर्गिकरण नतिजा प्रकाशित गर्दा यो वा त्यो नाममा पूर्वाग्रही हावी हुने गरेको जनाउ सहित आ आफ्नो जिल्लाको बस्तुस्थिती प्रस्तुत गर्नु भएको थियो भने पत्रकारहरु लोकनारायण सुवेदी , पत्रकार पदमराज जोशी, देवेन्द्र चुँडाल, भावना विद्रोही लगायतले पनि पत्रपत्रिका वर्गीकरणमा ब्यापक पूर्वाग्रही सहित गुणस्तरभन्दा पनि पार्टी र पहुँचको आधारमा सार्वजनिक हुने गरेको बताए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।