सोमवार, बैशाख १७, २०८१

तिरहुते व्राम्हण सेवा समितिका संरक्षक एवम पूर्व नेपाली राजदूत केशव झाको हत्या

 काठमाडौं भाद्र ४,  फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । ८० वर्षीय झा थापाथली कुरिया गाउँस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका र उहाँको घाँटीमा चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । उनको घाँटी पनि रेटिएको अवस्थामा रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

 प्रहरीले घटनाबारे अनुसन्धान सुरु भइसकेको जनाउँएको छ । तिरहुते व्राम्हण सेवा समितिका संरक्षक सदस्य रहेका झाको हत्या आफैमा आश्चर्यको विषय भएको जनाउँदै समितिका सचिव श्रीजन झाले तत्काल हत्याराको खोजी गरि कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।