मङ्लबार, बैशाख १८, २०८१

‘अन्तर्राष्ट्रिय आतङ्कवाद, सङ्गठित अपराध विरुद्धको सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिको प्रस्ताव अनुमोदित

 काठमाडौ भाद्र ४,  प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तुत गर्नु भएको प्रस्ताव बहुमतले अनुमोदन भएको छ । त्यस्तैगरि गृहमन्त्री थापाले प्रस्तुत गर्नु भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव समेत आजको बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव, उपप्रम एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव , परराष्ट्रमन्त्री प्रदीप  ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक, २०७५ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव संगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिको सम्मेलन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।