आइतवार, बैशाख १६, २०८१

काँग्रेस र राप्रपाद्दारा कञ्चनपुर घटनाको छानबिन गर्न माग

काठमाडौ भाद्र ८,  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार भएको प्रदर्शनको आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनको क्रममा सरकारले जनभावना विपरित प्रदर्शनकारीमाथि सरकारले संयम पूर्वक आत्मसात् गर्नुपर्नेमा उल्टै बल गरेको भन्दै नेपाली काङ्ग्रेसले कञ्चनपुरमा आज भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिपूर्ण प्रदर्शन माथि प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले पनि विज्ञप्ति जारी गरी राप्रपाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन तथा घटनाका दोषीलाई कानूनबमोजिम कारबाही गर्नसमेत माग गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।