शुक्रबार, चैत्र १६, २०८०

उपभोक्ता ठग्नेलाई कडा कारबाही : मन्त्री यादव

 काठमाडौ भाद्र ८,   उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि अव उपान्रात कडा कारबाही गर्ने भएको छ । विहिवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री मात्रिकाप्रसाद यादवले ‘व्यापारको नाममा अपराध’ गर्ने छुट कसैलाई नभएको बताउँदै सरकारले गैरकानूनी र अनियमिता सहित उपभोक्तालाई ठगी गर्ने लाइ हदैसम्मको कारबाही गरिने बताउँनु भएको छ ।

आसन्न चाडवाडको क्रममा यो वा त्यो वहानामा उपभोक्ता ठगिने श्रृङ्खलाले पाउँने गरेको व्यापकतासंगै “बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता भएको जिकिर सहित उपभोक्ता पनि सचेत हुनुपर्ने अयाउँदै मन्त्री यादवले भने गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार हो । यसअर्थमा पनि उपभोक्ता ठगिनु हुँन्न ।

त्यस्तै उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवालाई प्रभावित पार्ने गरी हडताल गरे सरकार चुप लागेर बस्दैन, बजारलाई अव्यवस्थित बनाउन खोज्ने तत्वलाई सरकारले नियन्त्रण गर्छ भन्दै उपभोक्ता अधिकारलाई स्थापित गर्न मन्त्रालयले आवश्यक ऐन, कानून निर्माणको तयारीमा जुटेको समेत बताए ।