सोमवार, बैशाख १७, २०८१

त्रिशूली नदीमा बस दुर्घटना,७ को मृत्यु १७ घाइते

काठमाडौं साउन ११ , काठमाडौंबाट ३० जना यात्रु वोकर पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको यात्रु वहाक बस आज त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १७ जना यात्रु सख्त घाइते भएका छन ।

बस दुर्घटनामा मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेको जनाउँदै विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस दुर्घटनामा मृत्यु हुँने पाल्पाको बेगनास–कालिका गाउँपालिका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ, भानु नगरपालिका–५ का २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ, भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रबिन गुरुङ र तनहुँ, केशवटारका ४० वर्षीय बाबुराम तिवारीको सनाखत भए पनि एक बालक र एक महिलाको भने सनाखत हुन बाँकी रहेको जनाएको छ । त्यस्तै दुर्घटनामा परि सख्त घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइरहेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।