बिहिबार, चैत्र १५, २०८०

कंकेश्वरी दापाखलको चौथो वार्षिक सभा एवम सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ साउन ११,  कंकेश्वरी दापाखलको चौथो वार्षिक सभा एवम गुरु सम्मान कार्यक्रम आज एक समाहरोवीच कामपा वडा न. १९स्थित पताङगीनी गणेश मन्दिरमा सम्पन्न भएको छ ।

पूर्व उद्योगमन्त्री एवम काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव चन्द्रमान डंगोलले स्वागत अभिव्यक्ति व्यक्त गर्नु भएको थियो भने कार्यक्रममको उद्घाटन समाजको मुख्य गुरु हाकु महर्जनले गर्नु भएको थियो ।

त्यस्तै हिमाल डंगोलले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा पूर्व उद्योग मन्त्री जोशीले समाजका सम्मानीत गुरुजनहरुलाइ  सम्मान गर्नु भएको थियो ।

 समाजका अध्यक्ष जजुकाजी डंगोलको सभापतित्वमा सम्पन् कार्यक्रममा कामपा वडा न. १९ अध्यक्ष शशिलाल श्रेष्ठ , समाजका सहाम।यक गुरु अष्टनाराण  महर्जन लगायतले बोल्नु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।