सोमवार, बैशाख १७, २०८१

सुनवाइ समितिको आजको बैठक स्थगन, प्र.न्या. जोशीको नाम अनुमोदन हुने सम्भावना न्यून

 काठमाडौ साउन १४,  सर्वोच्चका भावी प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट आज हुने भनिएको  अनुमोदनको सवालमा कुनै अपौचारिक निर्णय हुन सकेनन ।   संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले नाम अनुमोदनको सवालमा थप छलफल गर्न आवश्यक भएको भन्दै बुधबार बस्ने बैठकले नितिगत निर्णगर्ने गरि आजको बैठक स्थगन गरिएको छ । यसअघि आजको बैठकले नितिगत निर्ण गर्ने बताईएको थियो ।

 त्यस्तै समिति सम्वद्ध सदस्यहरुका अनुसार प्रस्तावित प्रन्या जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा सुनवाइ समितिका सदस्यहरुवीच एकमत बन्न नसक्दा जोशीको सवालमा कुनै नितिगत निर्णय हुन नसकेको जनाउँदै जोशीको नाम अनुमोदन हुने संभावना निकै न्यून रहेको बताईएको छ । भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।