आइतवार, बैशाख १६, २०८१

प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण :उपराष्ट्रपति पुन

 काठमाडौ साउन १४,  नेपाल–भारत आदिवासी जनजाति मैत्री संघद्दारा आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताउँनु भएको छ । 

साथै उहाँले कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा विश्वसामु परिचयको आधारका रुपमा रहेको आदिवासी जनजातिको रहनसहन र भाषा–संस्कृतिको जर्गेना आजको आवश्यकता भएको बताउँदै संविधानत प्रत्याभूत रहेको जनजातिको अधिकारलाइ थप विस्तारित गरिनुपर्नेमा जोड दिनु भएको छ ।

पूर्व उभामुख तथा माननीय अनेनसरी घर्ती समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका सभापति विनोदकुमार गुरुङ, विश्वशान्ति गुरु ट्याङ्कपा आचार्य तथा भारतीय दूतावासका डा अजय कुमार लगायत ४५ जना व्यक्तिलाइ सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।