आइतवार, बैशाख १६, २०८१

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष सिंहको निधन

  काठमाडौ साउन ६,   विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८२ वर्षका उमेरमा आज बिहान हृदयाघातका कारण निधन भएको छ ।  नेपाली सेनाका पूर्वउपरथी एवम् तत्कालीन राजप्रसाद सेवामा शाही पाश्र्ववर्तीको जिम्मेवारीमा समेत रहनु भएको सिंहको उपचारका क्रममा आज विहान निधन भएको विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।

त्यस्तै महासचिव भण्डारीका अनुसार सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएकोछ ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष एवम् नेपाली सेनाका पूर्वउपरथी एवम् तत्कालीन राजप्रसाद सेवाका शाही पाश्र्ववर्ती सिंहको निधनप्रति यस  http://www.kantipurhotline.com को तर्फबाट पनि श्रद्धाञ्जली अपर्ण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछौं

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 22, 2018