आइतवार, बैशाख १६, २०८१

डा केसीको अवस्था दिनानुदिन गम्भीर हुँदै, कुनै पनि समयमा अप्ठ्यारोमा पर्नसक्ने संभावना

(फाइल फोटो)

सरकार भने-वेफिक्रि मुद्रामा, सरकार र सरकारका मन्त्रीहरुको आ-आफ्नै रटान

  •  केसी पक्षधरलाइ निःशर्त वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान
  •  प्रत्येक दिन हुने गरेको नारा जुलुस सहितको दबाबमूलक कार्यक्रमका कारण राजधानी तनावग्रस्त 
  • नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पनि जनाए एैकेवद्धता

काठमाडौ साउन ६ , सरकारले चिकित्सा शिक्षा विधेयक फिर्ता एवम समग्र स्वास्थ्यक्षेत्रको सुभारको माग गर्दै गत ३ साता अघिबाट अनसनमा रहनु भएका डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आह्वान गरेका छन ।  शनिवार सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एक विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त वार्तामा आउनका लागि आह्वान गर्नुभएको हो । संयोजक बरालले जारी गर्नु भएको विज्ञप्तिमा सम्बोधन गर्न सकिने डा केसीका माग तत्कालल सम्बोधन गरिने समेत उल्लेख गर्दै यस्तो आव्हान गरेको हो ।

यसवीचमा डा केसी पक्षधरले भने चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्ता टोली वार्तामा नबस्ने बताउँदै आइरहेका छन । यद्यपी डा केसी पक्ष संग यसअघि भएको वार्ताले कुनै निकास पहिल्याउँने मार्ग प्रसस्त गर्न नसकेको अवस्था रहेको छ भने डा केसीलाइ समर्थन गर्दै अधिवक्ता ओमप्रकाश अर्याल समेत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आइतबार सामूहिक अनशन बस्ने तयारीमा रहेको बुझिएको छ ।  त्यस्तै प्रमसख प्रतिपक्षी दल नेपाली काँग्रेस , विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारण समेतले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई अनशनरत डा गोविन्द केसीको माग पूरा गर्न निरन्तर आग्रह गर्दै गर्दा पनि सरकार भने कानमा तेल हालेल एक्लो वार्ताको रटान लगाउँदै बसेका छन । प्रत्येक दिन राजधानीमा नारा जुलुस सहितको दबाबमूलक कार्यक्रमको आयोजनालाइ जारी राखेका छन । यसक्रममा शनिवार तरुणदलको कार्यक्रममा प्रहरी हस्तक्षेप हुँदा राजधानी तनावग्रस्त भएको थियो ।

यता सरकार िवार्ता टोलीको आव्हान संगै सरकारका गृहमन्त्री रामबहादुर थापा डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताउन छोड्न भएको छैन भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनबाट मात्रै कुनै पनि समस्या समाधान नभएको भन्दै चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने जनाउ दिदै अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको जनाउ दिन पछि पर्नु भएको छैन । मुलत सरकार र सरकारका मन्त्रीहरुका कारण प्रस्तुत मुद्धा दिनानुदिन पेचिलो बन्दै गइरहेको अवस्थाका वीच शनिवारनै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिदै अध्यक्ष वैद्यले डा केसीलाई भेटी उहाँको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताउनुभएको छ ।

स्मरण रहोस, असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाइ बल प्रयोग गर्दै सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उहाँले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आउनुभएको छ । जसका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनै पनि समयमा अप्ठ्यारोमा पर्नसक्ने बताइएको छ । तर चौैतर्फी दवाव र विरोधका वावजुदपनि पनि सरकार दुइ तिहाइको दम्भ सहित चिकित्सा शिक्षा विधेयकको सवालमा तसमस नहुनु आफैमा आश्चर्यको विषय भएको छ ।

Publish on: Jul 22, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।