आज ३६ औँ बिपी स्मृति दिवस :
काठमाडौं साउन ६, आज मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३६ औँ स्मृति दिवस नेपाली काँग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् । विसं १९७१ सालभाद्र २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते आजकै दिन निधन भएको थियो । २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्ती��ो नेतृत्व गर्दै मुलकुमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो ।
विपी कोइराला मुलुकको परिवर्तनमा मात्र नभएर भारतीय स्वतन्त्रताको आन्दोलनमा समेत सहभागी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक आर्दश एवम् धरोहर मानिन्छ । उहाँ २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए । तर कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई जेल हाल्नुभयो । विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो । मृत्युदण्ड सहितको मुद्दाको पनि कुनै पर्वाह नगरी ०३३ सालमा भारतवाट मेलमिलापको निती सहित स्वदेश फर्किका विपिले २०१७ सालमा खोसिएको प्रजातन्त्रको पुनः प्रजातन्त्र स्थापनामा सक्रिय रहँदारहँदै अवस्थामा २०३९ श्रावण ६ गते उहाँको दुःखद निधन भएको थियो ।
यसैवीच विपी कोइरालाको ३६ औँ स्मृति दिवसको अवसरमा काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले वर्तमान सरकार एकदलीय तानाशाही शासन व्यवस्था लाद्न लागि परेको र नागरिकको अधिकार तथा स्वतन्त्रता कुण्ठीत गर्दै लगेकाले फेरि एक पटक
मुलुकले आन्दोलन माग गरेको बताउँनु भएको छ । कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादको वकालत गर्ने कम्युष्टि सरकार सबैभन्दा भ्रष्ट रहेको आरोप सहित ठा केसीले उठाएको माग पूरा नभए कांग्रेसले देशभर आन्दोलन गर्ने बताए । त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा। रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायतकाले काँग्रेसले वीपीको नीति नछोडेको जनाउ दिै कम्युनिष्टनिति विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको बताउँनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान
Published on: Jul 22, 2018