आइतवार, बैशाख १६, २०८१

साउन १ गतेदेखि जिप्रकाले तोकेको स्थानमा मात्र विरोध प्रदर्शनस्थलको अवधारणा कार्यान्वयन गर्ने

 काठमाडौ असार १५,  आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने आदेशको कार्यान्वयन गर्ने भएको छ । सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले गत चैत १९ गते सार्वजनिक गर्नु भएको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजनामा समेटिएका महत्वपूर्ण पक्ष क्रमस राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई उच्चतम प्राथमिकता संगै अवदेखि जता पायो त्यस्तै तै बिरोध प्रदर्शन गर्न नपाइने गरि बिरोध प्रदर्शनका लागि निश्चित ठाउँहरु तोकिएको हो  ।

  त्यस्तै  यसअघि प्रस्तुत गृह प्रशासन सुधार योजनानुसार सडकमा यत्र तत्र सर्वत्र विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कार्यमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै प्रशासनले गर्ने स्थान तोकिएको र नियम बैशाख १६ गतेदेखि लागू हुने जनाएपनि कार्यान्वयन हुन ससेको थिएन । तर गृह मन्त्रालयमा विहिवार भएको छलफलमा नागरिक स्वतन्त्रता र नागरिक अधिकारका लागि भन्दै सरकारको आदेशानुसार साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले अव उपरान्त तोकेको स्थानमा मात्र विरोधका लागि निश्चित स्थान तोक्दै कार्यान्वयन गर्न लागिएको हो ।

यसरी काठमाडौं जिप्रकाले राजधानीको खुलामञ्च, तीनकुने खुला चौर, भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफल चौरलाइ विरोध प्रदर्शनको स्थलको लागि पहिचान गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।