आइतवार, बैशाख १६, २०८१

सर्वोच्चद्दारा फैसलाको पूर्णपाठ सार्वजनिक: रोकिएको सडक विस्तारले अव गति लिने

 काठमाडौ असार १५, स्थानीय बासिन्दाले सडक विस्तारका कारण आफ्नो क्षति पुग्ने भन्दै सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धाका कारण रोकिएको सडक विस्तारले अव गति लिने भएको छ ।

सर्वोच्चका न्य���याधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले गत असोजमा गरेको फैसलाको पूर्णपाठ विहिवार सार्वजनिक गरेसंगै यसवीचमा रोकिएको सडक विस्तारको कामले गति लिने भएको हो ।

सर्वोच्चद्दारा जारी फैसलाको पूर्णपाठमा सडक विस्तारका क्रममा पुरातात्विक महत्वका सम्पदाको संरक्षण सहित पिडामा परेका स्थानीयसंग संवाद सहित उनिहरुको माग वमोजिम सहज, सरल र प्रभावकारी तरिकाले जग्गाधनीलाई क्षतिपूर्ति र मुआब्जा दिन सरकारलाई निर्देशनात्मक आदेश दिदै कार्यसम्पादन गर्न भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।