सोमवार, बैशाख १७, २०८१

मन्त्रीपरिषद बैठक: बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भाद्रमा गर्ने निर्णय

   काठमाडौ-तराई दु्रत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि स्वीकृतसंगै छिटो काम सम्पन्न सम्वद्ध समितिहरुलाई निर्देशन

काठमाडौं जेठ २० ,   प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास अर्थात (बिमस्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौमा आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले बिमस्टेकको सम्मेलन आगामी भाद्र१४ र १५ वा २१ र २२ गते गर्न सदस्यराष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय सहित सम्मेलन तयारीको लागि आवश्यक उपसमितिहरु बनाउने निर्णय गरेको छ ।

यस्तै बैठकले काठमाडौ-तराई दु्रत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५ स्वीकृत गर्नुका साथै सडक निर्माणको काम छिटो सम्पन्न गर्न समितिहरुलाई निर्देशन दिनुको अलावा जप्रका इप्रका र सीमा प्रशासन कार्यालय,अध्यागमन कार्यालय र कारागार कार्यालयका संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

साथै आजको बैठकले प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय र कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्नुको अलावा दिएको छ ।गत बैशाखमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई दोस्रो चरणमा पनि सुरु गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।