आइतवार, बैशाख १६, २०८१

पार्टीगत निर्देशन अनुरुप चौतारी र सेन्टरबीच पनि फुयुजन प्रक्रिया शुरु

 काठमाडौ जेठ २७,  एमाले र माओवादी केन्द्रवीचको फुयुजन पछि नेकपा अस्तित्वमा आएसंगै यि दुइ दलका प्रेस संठगन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच पनि एकताको प्रक्रिया शुरु भएको छ ।

पार्टीगत निर्देशन अनुरुप एकताका प्रक्रियाका लागि संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न प्रेस चौतारीका महासचिव राजेश राई र सेन्टरका महासचिव विष्णु सापकोटा सहितको समिति गठन गर्ने निर्णय गरेको छ भने दुइ संगठनको केन्द्रीय समितिको बैठक महिनाको अन्तमा बस्दै नितिगत निर्णय सहित कार्यदिशा तय गरिने भएको छ ।

आजको बैठकमा प्रेस चौतारीको तर्फबाट योगेश भट्टराई विष्णु रिजाल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत त्यस्तै गरि प्रेस सेन्टरको तर्फबाट पम्फा भुसाल, अध्यक्ष महेश्वर दाहाल लगायतको उपस्थिती रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।