शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रियसभा नियमावली–२०७५ सर���वसम्मतबाट पारित

काठमाडौं जेठ २७ ,राष्ट्रियसभाको आज बसेको बैठकले राष्ट्रियसभा नियमावली–२०७५ सर्वसम्मतबाट पारित गरेको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले नियमावली पारित गरियोस् भन्दै टेवुल गर्नुभएको प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेपछि प्रतिपक्ष दलको समेत सहमतिमा नियमावली सर्वसम्मतिले पारित गरिएको हो ।

प्रस्तुत प्रस्तावमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने तर सांसदको सेवा, सुविधा भने कटौति हुने पक्षमा सबै दलको सहमतिपछि नियमावली सर्वसम्मतिले पारित  गरिएको हो ।  त्यस्तै बैठकले राष्ट्रियसभामा ४ वटा विषयगत समिति बन्ने भएका छन् । राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल समुहगत गोलाप्रथा बाट २, ४ र ६ वर्षको आधारमा टुङ्गो लगाउँने सहमति समेत कायम गरेको छ ।   राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आइतबार ११ बजे बस्ने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।