सोमवार, बैशाख १७, २०८१

पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं जेठ २१,  नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलवारीस्थित घरमै बसेको अवस्थामा चार/पाँच जनाको समूहले आक्रमण गरेपछि उहाँको टाउकामा गम्भीर चोट लागेको छ ।

समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीको भनाइ उदृत गर्दै युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सार्वजनिक चासो बिषयमा समाचार लेखेपछि सम्वन्धित पक्षले देखाउने असहिष्णु व्यवहारलाई पुन उजागर भन्दै पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई  कडा कार्वाहीको माग गरेको छ । त्यस्तै विज्ञप्तिमा भयरहित वातावरणमा समाचार संकलन, प्रकाशन र प्रसारणको व्यवस्था मिलाउन स्थानिय प्रसासन र स्थानिय तहका प्रतिनिधिहरुसँग नेपाल प्रेस युनियनले माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।