शनिबार, बैशाख ८, २०८१

पूर्वाधारविना हल्लाको भरमा दिर्घकालीन असर पर्ने यो वा त्यो काम गर्नु हुन्न :रुद्र मल्ल

अध्यक्ष , पिडान प्रदेश न.४

मुलुकको पछिल्लो परिवर्तित अवस्था अनुरूप थोक औषधी व्यवसायीहरुको व्यवसायिक सुरक्षा व्यवसायीक हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी अस्तित्वमा आएको नेपाल औषधी थोक व्यवसायी संघ अर्थात पिडान प्रदेश न.४ का अध्यक्षका रुपमा निरन्तर क्रियाशील व्यक्तित्व हुन रुद्र मल्ल ।   प्रष्ट वक्ता एवम् संगठनको सांगठनिक संस्थागत विकासका लागि दत्तचित्त रहनुको अलावा सक्रिय समाजसेवीको प्रारुपमा समेत आफ्नो पहिचान बनाउँनु भएका अध्यक्ष मल्ल मुलुकको औषधी व्यवसायीहरुको सामराज्यमा व्यवसायी मात्र नभएर एक सफल फर्मास्युटिकल्स उद्योगीको रुपमा समेत अविराम लागि पर्दै आउनु भएको छ

यसको अतिरिक्त पछिल्लो समय पोखरास्थित श्रेयङ्का डिष्ट्रिव्युटर्सका प्रोपाइटर , दीपज्योति सहकारी  र रोयल पोखरा रेष्टुरेन्टका अध्यक्ष समेत रहनु भएका अध्यक्ष मल्ल आफु आवद्ध कुनैपनि संघ संस्थालाइ सुदृढ , संगठित र प्रतिस्थापित गर्न हरसंभव प्रयासमा सक्रिय रहदै हरेक विरामीले गुणस्तरीय औषधि सर्वसुलभ मुल्यमा पाउँनु पर्ने नागरिकको नैसर्गिक अधिकार भएको बताउँनु हुन्छ ।उहाँ यस क्षेत्रमा विगत ३ दशक भन्दा लामो सयमयतादेखि अभियन्ताको प्रारुपमा क्रियाशील रहदै आउँनु भएको छ । यसै प्रसंगमा –  पिडान प्रदेश न.४ अध्यक्ष  रुद्र मल्लसंग विषयगतरुपमा मुलुकको औषधि जगतको विगत र वर्तमान राज्यको दृष्टिकोण, सांगठनीक अवस्थाका सवालमा गरिएको संक्षिप्त साक्षात्कारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

थोक औषधी व्यवसायी संघ भनेको कस्तो संस्था हो ?
थोक औषधी व्यवसायी संघ भनेको एक विशुद्ध राजनिति रहितको संस्था हो । यसले बिशुद्ध रुपमा औषधी व्यवसायीको र व्यवसायीक हकहितको निम्ति कार्य गर्दछ । त्यस्तै संस्थागत हित र व्यवसायीक इमान्दारीताको मुल्य र मान्यता र मर्यादा सहित क्रियाशील संस्था हो  ।

 यस व्यवसायमा प्रवेशको प्रेरणा ?
म  यो व्यवसायमा  मेरो ठूली आमाको प्रेरणाबाट यो सेवामा लागि परेको हो । यसवीचमा मेरो अन्य व्यवसाय रहेपनि मेरो लगाव भनेको औषधी जगतनै नै भएको छ किनकी यो व्यवसायमा एक किसिमको विस्वास र आत्मासम्मान रहेको छ ।

तपाईको ३ दशको अनुभवमा औषधि जगतको विगत र वर्तमानको सवालमा संक्षिप्त जानकारी दिनु न ?

हेर्नुस, विगत अर्थात लगभग आजभन्दा ३५ वर्ष अघि यहाँ औषधीको कारोवार गर्दा औषधीको कारोवार गर्ने व्यक्तिले हातमा औषधि खरिद गर्ने पैसामात्र नभएर विलिङ छिटो गरिदिन अण्डा ,लोकल घ्यु जस्ता सामाग्री पनि दिनुपर्ने हुन्थ्यो । अनि आफ्नो काम समयमा सकिन्थ्यो नभए पोखराबाट वाग्लुङ पुगेर औषधि खरिद गर्दा २/३ दिन पनि समय लाग्ने र अनि औषधी विक्री गर्ने गरेको मेरो अनुभव छ । त्यस्तै त्यस वेला प्रारम्भिक अध्यन अन्र्तगत एसएलसी परीक्षा पछि राज्यको तर्फबाट दिइने सामान्य तर महत्वपूर्ण कोर्स गरे पुग्थ्यो तर अहिले ठिक यसको विपरित विषयगत अध्यन सहित कम्पनीले होलसेललाइ र होलसेलले रिटेलर व्यापारीलाइ आकर्षक वोनस सुविधा, गिफ्ट सहित उधारोमा औषधी विक्री वितरण गर्न दिनु पर्छ । यति गर्दा पनि व्यवसायिक सुरक्षा व्यवसायीक हकहित एवं पुजी सुरक्षाको प्रत्याभूतिमा समस्या सिर्जना हुने गर्दछ ।

व्यवसायिक सुरक्षा व्यवसायीक हकहित एवं पुजी सुरक्षामा समस्या भन्नाले ?
व्यवसाय गर्छु भनेर मात्र हुन्न । त्यसको लक्ष्य अनुरुप मुनाफा महत्वपूर्ण पक्ष हो । तर कहिले काँहि यस्तो अवस्था सिर्जना हुन्छ कि आफुले गरेको व्यापारको मुनाफा त कता हो कता पुजी लगानी समेत उठ्ने संभावना जोखिममा परेको धेरै त्यस्ता दृष्तान्टहरू रहेका छन ।

औैषधी उत्पादक,होलसेलर ,सुपर र खुद्रा व्यवसायीकावीच टकराव छनी होइन ? 

होइन, तपाइले भने जस्तो त्यस्तो कुनै टकराव हामीवीच छैन । पोखराका औषधी उत्पादक र होलसेलरवीच हिजोका दिन देखिनै सम्बन्ध सुमधुर रहिआएको छ । यद्यपी उत्पादक र खुद्रा व्यवसायीको पेलानमा भने कहिलेकाहिं थोक व्यवसायी पर्नु कुनै नौलो कुरा होइन ।

औैषधी उत्पादक, होलसेलर ,सुपर र खुद्रा व्यवसायीवीचको समस्या केहो त ? 

हामीवीचको मुख्य समस्या भनेको मुलत औषधी व्यवसायीहरुको व्यवसायिक सुरक्षा व्यवसायीक हकहित एवं पुजी सुरक्षाको प्रत्याभुति नै हो । आज भन्दा १२ वर्ष अघिको समयमा यि र यस्ता समस्याका कारण व्यवसायका अन्य कम्पोनेन्ट भन्दा पनि गण्डकी अञ्चल भित्रका समग्र औषधिका थोक व्यवसायीमात्र लाइ संगठित गर्दै मेरो दाइ केशव लाल श्रेष्ठको अध्यक्षतमा हामीले थोक औषधि व्यवसायी संघ गण्डकी गठन गर्दै यहाँ विद्यमान समस्यालाइ संस्थागतरुपमा सम्बोधन गर्दै क्रियाशील रहदै आएका थियोै ।

तपाई औषधी उत्पादक संघ एपोनमा पनि हुनुहन्छ । यसवीचमा एपोनले आत्मानिर्भर भइसकेका विभिन्न औषधी को आयातमा रोक लगाउँनु पर्छ भन्दै आएका छन के भन्नु हुन्छ ?

यसमा मेरो प्रष्ट व्यक्तिगत धारणा भनेको यहाँको माग अनुरुप समुचितरुपमा दिर्घकालिन रुपमा सम्बोधन गर्न सकिन्छ भने प्रस्तुत अभिव्यक्ति आफैमा स्वागत योग्य रहन्छ । पञ्चायत कालमा पनि जनकपुर चुरोट कारखानाले प्रचुरमात्रामा चुरोटको उत्पादन त्यस्तै कार्वन कारखानाले पनि त्यहि अनुपातमा कार्वन पेपरको उत्पादन गर्दै गर्दा विदेशी चुरोट र कार्वनपेपर आयातमा एक किसिमको प्रतिबन्ध नै थियो । तर स्थिती हिजो जस्तो आज छैन । त्यसैले कुनै पनि नितिगत पूर्वाधार विना हल्लाको भरमा यो वा त्यो काम गर्नु हुन्न । जुन कामले गर्दा दिर्घकालीन असर परोस । तथापी नेपाली उद्योगलाइ सक्षम बनाउँन सक्छौ भने मात्र यो कदम राम्रो हुन्छ भन्ने मेरो बुझाइ रहेको छ ।

यावत व्यवधानका वाजुद पनि पोखराको औषधी सामराज्यमा रुद्र मल्लले एकक्षत्र राज गर्दै आएका छन भनिन्छ नी ?
हाहाहा… होइन, होइन, मेरो पहिलो मान्यता भनेको व्यापारीको कल्याण एक मात्र लक्ष्य हो । त्यस्तै निर्भिकरुपमा आफ्नो व्यापार, व्यावसाय गर्न पाउँनु पर्छ । व्यवासयीको लगानीको सुरक्षा र त्यसको उचित प्रतिफल पाउँनु पर्छ र सोहि मुताविकको वातावरण बनाउँनुमा मेरो सम्पूर्ण ध्यान केन्द्रीत रहेको छ । समग्रमा भन्ने हो मेरो अर्जुनदृष्टि भनेको औषधी र औषधी व्यवसायीको कल्याण गर्नु हो । त्यस्तो एकक्षत्र राजको कुनै सवालनै छैन ।

औषधी र औषधी व्यवसायीको कल्याणको चर्चासंगै पिडानमा यहाँंको आवद्धताको प्रसंगमा संक्षिप्त जानकारी पाउँन त ?

यस विषयमा भन्नुपर्दा , म यहाँका व्यवसायीको हकहितका लागि क्रियाशील रहदै गर्दाको अवस्थामा शिवराज वास्कोटा जो मेरो अन्नय मित्र पनि हुनुहन्छ । यसवीचमा उहाँको नेतृत्वमा औषधी व्यवसायीको हकहितका लागि नेपाल औषधी थोक व्यवसायी संघ अस्तित्वमा आएको  नेपाल औषधी थोक व्यवसायीसंघ अर्थात पिडान र उहाँको नेतृत्वक्षमता, कार्यकुशलता र जवाफदेहिता सहितको प्रस्ताव अनुरुप सिमित क्षेत्रलाइ प्रतिनिधीत्वको गर्दै १२ वर्ष अघि स्थापना भएको औषधी थोक व्यवसायी संघ गण्डकीलाइ विस्तारित गर्दै देशैभरिको सञ्जालमा आवद्ध हुन हाम्रो संस्थाले पास गरेको विशेष प्रस्ताव अनुरुप हामी वास्कोटाजीको नेतृत्वमा रहेको नेपाल औषधी थोक व्यवसायी संघ पिडानमा विधिवत समाहित हुँदै मुलुकको पछिल्लो संरचना अनुरुप पिडानको प्रादेशिक संरचना अनुरुप प्रदेश न ४ मा रुपान्तरण भएका हौं । साथै सस्थागत समाहितसंगै हामी हिजो भन्दा आज निकै संगठित हुन सफल भएका छौ भने यहाँका सम्पूर्ण कम्पनी, थोक, खुद्राव्यवसायीमा नयाँ उर्जा सञ्चार भएको मेरो अनुभूति रहेको छ ।

अन्तमा , तपाइ र तपाइको सञ्चारमाध्यमबाट आज मेरो केहि विचार प्रवाह गर्ने अवसर दिनु भएकोमा पहिलो त यहाँलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । साथै औषधी व्यवसाय भनेको नाफा मुलक मात्र नभएर सेवाभावको व्यवसाय पनि भएकाले यसको मानमर्दन गर्दै जनतामा भ्रम सिर्जना गर्ने कुनैपनि त्यस्तो कार्य नगरौ । र म बाट हामी र हामीबाट हाम्रो भन्ने भावनालाइ आत्मासात गर्दै संविधानत प्रत्याभूत मौलिक अधिकारका रहेको जनताको औषधीप्राप्तिको अधिकारलाइ संरक्षण गर्न सम्वद्ध सवैमा आग्रह गर्दै आगामी दिनहरुमा साथीहरुले दिएको म्यान्डेट र सल्लाह अनुसार विधान बमोजीम क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्दछु । जय पिडान

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।