सोमवार, बैशाख १७, २०८१

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा भारी मतान्तर सहित आचार्य निर्वाचित

 काठमाडौ असार २ , नेपाली काँग्रेस निकट शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित हुनुभएको छ ।   शुक्रवार सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम अनुसार निकटम प्रतिस्प्रर्धी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाइ २८५ मतान्तरमा पराजित गर्दै आचार्य विजयी हुनु भएको निर्वाचन समतिले जनाएको छ । आचार्यले ८१८ मत प्राप्त गर्नु भएको थियो भने दाहालले ५३३ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितका अनुसार वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष ९खुला० तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर र उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित हुनुभएको छ भने २७ सदस्यमध्ये २६ सदस्य आचार्य समूहको १ जना सदस्य दाहाल समुहबाट निर्वाचित भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।