शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिद्दारा दुवै सदनका संयुक्त बैठक आव्हान

  काठमाडौ असार २,   राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित संघीय ससद भवनमा बस्ने गरि आह्वान गर्नुभएको छ ।

 गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार ३ गते दुबै सदनको संयुक्त बैठक बोलाउने निर्णय गरे अनुरुप प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।