सोमवार, बैशाख १७, २०८१

१२ लाख भारुसहित कोइरी पक्राउ

काठमाडौं जेठ ६ , नेपाल प्रहरीले नियमित चेकजाँचका क्रममा वीरगन्जस्थित रजतजयन्ती चोकमा १२ लाख भारुसहित कलैया बस्ने नगनारायण महतो कोइरीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका कोइरीलाई आज पर्सा प्रहरीले सार्वजनिक गर्दै सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेको र चेकजाँच गर्दा निजबाट १२ लाख सात हजार ५०० भारतीय रुपैयाँ बरामद भएको जानकारी दिएको जनाउ सहित पर्सा प्रहरीले आवश्यक कारवाही प्रक्रिया सुरु गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।