आइतवार, बैशाख १६, २०८१

सर्वोच्चले माग्यो ढुंगेलको कैद सजाय माफी प्रकरणमा सरकारी निर्णयको सक्कल फाइल

 काठमाडौं जेठ १४,  सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बालकृष्ण ढुंगेलको कैद सजाय माफीसम्बन्धी सरकारी निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको छ ।   सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका ढुंगेलको कैद सजाय माफीसम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाउन आदेश दिएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद मिनाहा गर्ने तयारी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।  यसअघि सर्वोच्चले ढुंगेललको कैद माफ गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिँदै अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न आज दुबै पक्षलाई बोलाएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।