आइतवार, बैशाख १६, २०८१

नेकपा अण्डरलाइन र समाजवादी फोरमवीच दुई बुँदे सहमति,  सहमति संगै समाजवादी फोरम सरकारमा जाने

 काठमाडौ जेठ १४,  नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइन र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ । आज अण्डरलाइनका अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलको क्रममा संविधान संशोधन लगायत फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा नेतात्रयवीच सहमति भइलगत्तै दुई बुँदे सहमतिपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

सहमतिपत्रमा  आपसी सहमतिका आधारमा संविधान संशोधनका लागि  ‘उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी समाधान गर्ने र वर्तमान सरकारमा संघीय समाजवादी फोरम सामेल हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।