सोमवार, बैशाख १७, २०८१

शंकराचार्य निश्चलानन्द सरस्वतीलाइ आज टुँडिखेलमा नागरिक अभिनन्दन गरिदै

काठमाडौं जेठ १ , नेपालको साताव्यापी धार्मिक यात्रा कार्यक्रम अन्र्तगत नेपाल आउनुभएका जगन्नाथपुरीस्थित गोबर्धनमठ पुरीका १४५औं शंकराचार्य निश्चलानन्द सरस्वतीले सोमवार सोमबार पशुपतिनाथ मन्दिरमा वैदिक विधिअनुसार विशेष पूजाअर्चना सहित वनकालीमा आयोजित कार्यक्रममा प्रवचन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितीमा शंकराचार्य निश्चलानन्द सरस्वतीले संस्कृत विद्वान् तथा जर्मन नागरिक प्रोफेसर डा.दिवाकर आचार्यद्वारा लिखित गुह्येश्वरीसम्बन्धी नामक पुस्तकको विमोचन समेत गर्नु भएको थियो ।

पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बो��्डको आमन्त्रणमा नेपाल आउँनु भएको शंकराचार्य निश्चलानन्द सरस्वतीलाइ जेठ १ गते अर्थात आज टुँडिखेलमा नागरिक अभिनन्दन समेत गरिने कार्यक्रमको व्यवस्थापन तथा संयोजन समितिले जनाएको छ ।  नेपालको १० दिने भ्रमणमा आएका जगद्गुरु शंकराचार्यले काठमाडौंको टुँडिखेल, चितवन, हेटौंडा र वीरगन्जमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।