सोमवार, बैशाख १७, २०८१

विहिवार एमाले–माओवादी पार्टी एकीकरण ‘घोषणा हुने संभावना तिव्र

 एकीकरणको अन्तिम निर्णय दवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुनेमा विश्लेषहरुको आशंका

काठमाडौ जेठ २ नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको घोषणा हुने सम्भावनाले तिव्रता पाएको छ ।  विगत लामो समयदेखि अन्यौलताको उल्झनमा उल्झीदै आएको  एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी सम्वद्धस्रोतले गरेका गरेका छन् ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले गरेको नितिगत निर्णयलाइ आधार मान्ने हो भने संभवत विहिवार दुई पार्टी एकीकरणको घोषणा हुने निश्चित छ यद्यपी  बिहीबार बिहान बस्ने दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकमा केहि कुरा तलमाथि भो  फेरि एकताको कुरा कुरामात्रै हुनेछ विश्लेषकहरुको ठहर रहेको छ ।  विश्लेषहरुका अनुसार एकीकरणको अन्तिम निर्णय दवै पार्टीका केन्द्रीय कमिटी बैठकबाट अनुमोदनमा अलमल हुने प्रचुर संभावना रहेको दावी समेत निहरुको रहेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि  राजनैतिक वृतमा नयाँ पार्टीको चुनाव चिह्न सूर्य हुनेछ भने केन्द्रीय समिति ४४१ सदस्यीय हुने पनि जनाइएको छ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० जनालाई समेटिने चर्चा चलेको छ । यस्तै, नयाँ पार्टीको स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ गरी ४३ सदस्यीय बनाइने सम्वद्ध नेताहरुले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।