सोमवार, बैशाख १७, २०८१

एमालेले वोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक, पार्टी एकताको विषयमा नितिगत निर्णय लिने

  काठमाडौ जेठ २,   एमाले माओवादी केन्द्रवीचको पार्टी एकता लगायतका विषयमा आकस्मिक छलफल गर्न भन्दै बिहीबार एमालेले केन्द्रीय कमिटीको आकस्मिकरुपमा बैठक आव्हान गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री सरकारी निवासमा बस्ने प्रस्तुत बैठकले नितिगत निष्कर्ष सहित पार्टी एकताको विषयमा छलफल गर्ने  पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठद्दारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सम्वद्धस्रोतका अनुसार पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुनसक्ने आंकलन गरिएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा  एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहमत   भएसैगै दुवै पार्टीले आफ्नो आजै आफ्नो आन्तरिक बैठक बस्ने गरि वार्ताको टेवलबाट उठेका थिए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।