आइतवार, बैशाख १६, २०८१

राष्ट्रिय पत्रकारिता दिवस, को अवसरमा ५ पत्रकार पुरस्कृत

राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको अहम् भूमिका

काठमाडौ बैशाख २४ ,  राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ ।  दिवसको अवसरमा सञ्चार मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने जनही रु दुई लाख राशिसहितको यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.महेन्द्र विष्ट र डा.राजेश झा  प्रदान गर्नुभयो । त्यसैगरी ‘वरिष्ठ पत्रकार घटनार विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई समेत पुरस्कृत गर्नुभएको छ ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी त्यसलाई संस्थागत गर्न पत्रकार र आमसञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको आफैमा महत्वपूर्ण रहेको बताउँदै राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको अहम् भूमिका रहने बताउँनु भएको थियो । साथै उहाँले पुरस्कृतहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पत्रकारिताको माध्यमबाट नेपालको सम्पूर्ण क्षेत्रको विकासमा निरन्तर य��गदान पुग्ने अपेक्षा समेत गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सम्मानितको तर्फबाट सम्पादक बस्नेतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।