सोमवार, बैशाख २४, २०८१

श्रमजीवी पत्रकारलाई अव खामबाट होइन बैंक खाताबाट मात्र : राज्यमन्त्री बास्कोटा

 काठमाडौ बैशाख २४,   नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरूलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारलाई खाममा तलब दिने प्रथाको बन्द गर्दै बैंक खाताबाट मात्र दिने व्यवस्था कार्यान्वयन गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउनु भएको छ ।

त्यस्तै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालद्दारा सयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा मन्त्री बास्कोटाले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहजरूपमा विज्ञापन पाउने जनाउ समेत दिदै महासंघको नवनिर्वाचित उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान प्रदेशका अध्यक्ष शेखर अधिकारी, एशोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानालगायत पदाधिकारीलाई बधाई र शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।