सोमवार, बैशाख १७, २०८१

यस्तो छ प्रम मोदीको दुई दिने राजकीय भ्रमणको कार्यतालिका

काठमाडौं बैशाख २८, भारतीय प्रधानमन्त्री नरेन्द्र नेपालका प्रधानमन्त्री केपीओलीको निमन्त्रणमा आजबाट नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदैछन् । भ्रमणको क्रममा प्रम मोदी भारतीय वायु सेवाको विमानबाट भारतको पटना हुँदै विहान सवा १० मा जनकपुरमा अवतरण गर्दै भ्रमणको सुरुवात गर्ने भएको छ । त्यस्तै जनकपुरमा प्रम मोदीलाइ नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रम मोदीले जानकी मन्दिरमा नेपाली समकक्षी केपी ओलीले स्वागत सहित दुबै प्रधानमन्त्रीले जानकी मन्दिरमा पूजा अर्चना गरेपछि रामायण सर्किटअन्तर्गत जनकपुर अयोध्या बस सेवाको दुई प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गर्ने र  त्यसपछि बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको गरिने छ । नागरिक अभिनन्दन लिएपछि भने राजनीतिक भेटघाटका लागि मोदी काठमाडौं आउने भएको छ ।

काठमाडौं पुगेलगत्तै गार्ड अफ अनरका लागि टुंडिखेल पुग्ने कार्यक्रम छ । साथै आजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग लगायत होटल द्वारिकाजमा विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नेछन् । त्यस्तै शनिवार उहाँ विहानै मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने कार्यक्रम छ । मुक्तिनाथबाट काठमाडौं फर्केपछि राष्ट्रिय सभागृहमा गरिने नागरिक अभिनन्दनमा सरिक  हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।