सोमवार, बैशाख १७, २०८१

मनिपालमा आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा थप्प

  • एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्स नामका दुइ कम्पनीले कर्मचारीको मिलोमतोमा बजार मूल्य भन्दा बढी लागतमा औषधी सप्लाइ गर्दै आएका प्रशासनको दावी

  •  सप्लाइ हुँदै आएको कम्पनीको औषधी सप्लाइमा रोक लगाउँदै प्रशासन निकट व्यक्तिकोे औषधीलाइ प्रवेस दिन अनेकन नाटक मञ्चन गरिएको कम्पनीको जनाउ

  •  नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय   अध्यक्ष शिवराज वास्कोटाद्दारा यो वा त्यो वहानामा कपोकल्पित , भ्रामक एवम् प्रचार सहित फार्मेसीमा औषधी सप्लाई गदै आएका एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको सवालमा  नियोजित प्रचार नर्गन अस्पताल प्रशासनलाइ चेतावनी

 काठमाडौं जेठ ९, पोखरास्थित मनिपाल शिक्षण अस्पताल समयचक्रको आरोह अवरोहमा यदाकदा सर्वदा चर्चाको चुलीमा रहने अस्पताल प्रशासनको नियतिनै बनेको छ कहिले प्रशासन र चिकित्सकको टकराव त कहिले कर्मचारीलाइ जागिर निकाला प्रकरण त कहिले दुर्घटनामा परेको घाइतेको उपचार गर्न नमानेको विषयसंगै पछिल्लो समय कर्मचारीको आन्दोलनको कारण अस्पतालको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा थप्प भएका छन ।

प्राप्त जानकारी अनुसार अस्पताल प्रशासनले अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल प्रशासनले अस्पतालमा कार्यरत कर्मचारीलाइ खराब आचरणको अभियोग सहित जागिरबाट वर्खास्त गरेपछि विवाद बढेको थाहा भएको छ ।

हामीलाइ प्राप्त पछिल्लो जानकारी अनुसार अस्पतालको फार्मेसीमा औषधी सप्लाई गर्दै आएका दुई कम्पनी क्रमस एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सले कर्मचारीको मिलोमतोमा बजार मूल्य भन्दा बढी लागतमा औषधी सप्लाइ गर्दै आएको प्रशासनको जिकिर गर्दै गर्दा औषधी सप्लाएर संस्थाले भने अस्पताल प्रशासनले भने जस्तो घटनाक्रम नभइ सप्लाइ हुँदै आएको कम्पनीको औषधी सप्लाइमा रोक लगाउँदै प्रशासन निकट व्यक्तिकोे औषधीलाइ प्रवेस दिन अनेकन नाटक मञ्चन गरिएको जनाउ दिएका छन ।

यसैवीच नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय  अध्यक्ष शिवराज वास्कोटाले आज एक विज्ञप्ति जारी गर्दै संघको प्रदेश न ४ का सदस्य संस्था एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकल लाइ लक्षित गरि मणिपाल अस्पताल प्रशासनले यो वा त्यो वहानामा संस्थागत रुपमानै कपोकल्पित , भ्रामक एवम् दुराशय मनोभाव सहित अस्पतालको फार्मेसीमा औषधी सप्लाई गदै आएका एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको सवालमा गरिएको नियोजित प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा अस्पताल प्रशासनले सस्तो लोक प्रियताका लागि एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सको जनमानसमा बढ्दो लोकप्रियताबाट अत्तालिदै गरेको बदनियत चरित्र सहितको प्रचारवाजीका प्रदर्शनको भत्र्सना गर्दै तथाकथित रुपमा गरिएको प्रचारवाजीकदो भ्रममा नर्पन सम्वद्ध सवैमा आग्रह गर्दै व्यवासायीक एकता कायम गर्दै अघिबढ्न आव्हान गर्दै  आफ्नो कुत्सित तथा कपोकल्पित प्रचारको आडमा संघको सदस्य संस्था एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकलले गर्दै आएको औषधी सप्लाइलाइ रोक लगाउँने र आफु निकटका संस्थालाइ प्रवेस दिलाउँन नियोजितरुपमा रचिएको नाटक र बदनियत चरित्रको श्रृखलालाइ विराम दिन अस्पताल प्रशासनलाइ आग्रह गरेको छ । साथै यो वा त्यो वहानामा आफ्नो सदस्य संस्थामाथि धावा वोल्ने काम भइरहे केन्द्रीय समिति चुप लागेर नबस्ने र यसबाट उतपन्न हुनसक्ने गम्भीर परिणामको जवाफदेही अस्पताल प्रशासन हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।