आइतवार, बैशाख १६, २०८१

पार्टी एकता संयोजक समितिको बैठक : एकताको निर्णय अनुमोदन, ९ सदस्यीय शक्तिशाली हाइकमाण्ड समिति सहित स्थायी समितिका सदस्य तोकिए

काठमाडौ जेठ ३,   नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको छ ।  पार्टी एकतालाई अन्तिमरुप दिन आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको हो । एकताको निर्णयसँगै दुवै दलले पार्टी विघटन भएको घोषणा गर्नेछन् । दुवै पार्टी विघटनपछि नयाँ पार्टी गठन हुने र यसका लागि एमाले केन्द्रीय कमिटीको बैठक र माओवादी केन्द्रको सचिवालयको बैठक बस्दै गरेको बताईएको छ ।

 त्यस्तै एकतासंगै अव नयाँ पार्टी एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जना गरि ४४१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ भने एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना समावेस गर्दै ४३ सदस्यीय स्थायी कमिटी बनाइने भएको छ । प्राप्त जानकारी खनुसार स्थायी कमिटीमा क्रमस एमालेबाट केपी शर्मा ओली, झापा,झलनाथ खनाल, इलाम,माधवकुमार नेपाल, रौतहट,वामदेव गौतम, बर्दिया,सुवासचन्द्र नेम्वाङ, इलाम,६,भीम रावल, अछाम,७, युवराज ज्ञवाली, दाङ,अष्टलक्ष्मी शाक्य, काठमाडौं,ईश्वर पोखरेल, काठमाडौं,विष्णु पौडेल, रुपन्देही,घनश्याम भुसाल, रुपन्देही,प्रदिप ज्ञवाली, गुल्मी,१३, भीम आचार्य, सुनसरी,पृथ्वी सुब्बा गुरुङ, लमजुङ,गोकर्ण विष्ट, गुल्मी,योगेश भट्टराई, ताप्लेजुङ शंकर पोखरेल, दाङ,मुकुन्द नेउपाने, बारा,सुरेन्द्र पाण्डे, चितवन,छविलाल विश्वकर्मा, रुपन्देही,सत्यनारायण मण्डल, सप्तरी,किरण गुरुङ, तनहुँ,अमृत बोहरा ,सिन्धुपाल्चोक,केशव बडाल ,काभ्रे,सोमनाथ अधिकारी प्यासी त्यस्तैगरि

माओवादी केन्द्रबाट भने ,पुष्पकमल दाहाल प्रचण्ड, चितवन,नारायणकाजी श्रेष्ठ ,गोरखा,रामबहादुर थापा बादल, चितवन, टोपबहादुर रायमाझी, अर्घाखाँची,अमिक शेरचन, चितवन,जनार्दन शर्मा, पश्चिम रुकुम,७, वर्षमान पुन, रोल्पा, देवप्रसाद गुरुङ, लमजुङ,पम्फा भुसाल ,गिरिराजमणि पोखरेल, महोत्तरी,मातृकाप्रसाद यादव, धनुषा ,अग्नि सापकोटा, सिन्धुपाल्चोक,ओनसरी घर्ती, रोल्पा,लेखराज भट्ट, कैलाली,शक्ति बस्नेत, जाजरकोट, हरिबोल गजुरेल, सिन्धुली,लिलामणि पोखरेल, काठमाडौं,राम कार्की ,झापा रहने बताईएको छ ।

त्यस्तै गरि पार्टीको नयाँ संरचनुरुप ९ सदस्यीय हाइकमाण्ड समिति समेत बन्ने भएको छ । जुन समितिमा केपी ओली र पु प्रचण्डसंगै झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनुहुने जानकारी प्राप्त भएको छ ।  अन्तत आजै अपराह्न पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुवै दलका नेताहरुले बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।