आइतवार, बैशाख १६, २०८१

मलमासको अवसरमा ढोकाटोलमा एकमहिने कथा वाचन

काठमाडौं जेठ ३ धर्मशास्त्रीय मान्यताअनुसार १२ महिना मध्ये अशुद्ध महिना मानिने मलमास सोमवार साँझ ५ बजेर ५३ मिनेटपछि सुरु भएको छ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास जेठ ३० गते राति २ बजेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरूण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । त्यस्तै अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू हुदैनन् । यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै व्यवधान हुदैन तर विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहिआएको छ ।

यसैवीच मलमासको समयमा दैनिक विहान बेलुकाको पुरुषोत्तम भगवानको पूजा र कथा श्रवण भने गर्न मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेखभएअनुरुप कामपा वडा न. १९ स्थित ढोकाटोलमा दक्ष महिला समुहको आयोजना तथा कथावाचक सुशील राजोपाध्यायको मुखारविन्दुबाट एकमहिने पुरुषोत्तम माहात्यम वाचन मंगलवारबाट सुरु भएको छ । आयोजक समिति सम्वद सदस्य गोपाल मान्न्धरका अनुसार भजन किर्तन सहित पुरुषोत्तम माहात्यम वाचन हरेक दिन अपरान्ह ४ बजेबाट सुरु हुने जानकारी दिनु भएको छ । फोटो: Nereid Rimal

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।