आइतवार, बैशाख १६, २०८१

दासढुङ्गा जिप दुर्घटनाको २५ वर्ष , हत्यारा अझै पनि रेसमी धागोको पर्दा भित्र, एमाले तैँ चुप मैँ चुपको अवस्थामा

एमालेले आज आफ्ना नेता भण्डारी र आश्रितलाई सम्झदै

काठमाडौँ ज्येष्ठ ३, आ ज जेठ ३ अर्थात आज भन्दा २५ वर्ष अर्थात  नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु नेता  मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परी २०५० साल जेठ ३ गते मृत्यवरण गर्नु भएको दिन । जिप दुर्घटना भएको पनि आज २५ वर्ष पुगिसक्यो तर उक्त जिप दुर्घटना कसले किन कसरी गरायो भन्ने रहस्य अझै गुमनाम रहेको छ ।
।   विसं २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा उहाँहरूको निधन भएको थियो । तर घटना घटेको २५ वर्ष भइसक्दा अर्थात घटनामा संलग्नको पहिचान र कारबाही गर्न नसम्नु आफैमा अचम्को प्रसङग भएको छ । एमाले पटक–पटक सत्तामा पुग्दा पनि उक्त घटनाको वास्तविकता खुल्न सकेका छैन ।

मुलुकको वर्तमान राजनैतिक संरचना अन्र्तगत नेता भण्डारीको श्रीमती अहिले दोस्रो कार्यकालको लागि राष्ट्रपति हुनु भएको छ भने उहाँको सहयात्री नेता केपी ओली प्रधानमन्त्री बन्नु भएको छ । तर पनि यसविषयमा एमाले तैँ चुप मैँ चुपको अवस्थामा रहनु आफैमा अचम्मको प्रसंग बनेको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को उद्घाटन गर्दै गत २०७४ चैत १६ गतेका दिन  मदन भण्डारी चढेको जीपको दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउँदै गर्दा घटनाले नयाँ मोड लिएको  थियो । तर पछि उहाँको अव्यिक्ति सम्बोधनको लागि राज्यले कुनै ठोस कदम चालेनन ।

यद्यपी नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा उहाँहरूको योगदानको स्मरण गर्दै आज देशभर नेकपा एमाले सम्बद्ध सङ्घ÷सङ्गठनले विविध कार्यक्रम आयोजना गर्दैछन् । संभवत आजै माओवादी केन्द्र र एमालेवीच समेत पार्टी एकाकार हुँदैछ । यसवीचमा नेता मदन भण्डारीका हत्यारा अझै पनि रेसमी धागोको पर्दा भित्र लुकिरहेको भन्ने भनाइलाइ वर्तमान ओली नेतृत्वको सरकारले सम्बोभ कहिले गर्छ त्यो ने प्रतिक्षाको विषय भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।