सोमवार, बैशाख १७, २०८१

गोरेले भने- प्र.व.उ. खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी धेरै रहस्य खुल्ने

काठमाडौं  जेठ ९, सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् ।  मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु-याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी धेरै रहस्य खुल्ने बयान दिएका हुन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम रहेको छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रुपैयाँ लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसएसपी खत्रीको नाम लिँदै आएका छन् ।  खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा समेत पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो । पुनः सुनकाण्डमा उनको संलग्नता रहेको पाइएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि हाजिर हुन बोलाएको थियो । तर, उनी फरार रहँदै आएका छन् । यस्तै, गोरेले बयानकै क्रममा सुनका लगानीकर्ता मोहन अग्रवाल रहेको समेत खुलाएका छन् ।

गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको भन्दै लगानीकर्ता मोहन अग्रवाल रहेको बयान दिएका हुन् । उनले एकै दिनमा ८६ किलोसम्म सुन भिœयाउने गरेको र त्यतिका सुनमा लगानी गर्ने आफ्नो हैसियत नभएको समेत बयानमा बताएका छन् ।  उनले दिएको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो पनि लगानी थिएन भन्ने होइन, कमाएको जति पैसा हाल्ने गरेको थिएँ, कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।’ उनले सुन हराएपछि आफूलाई दबाब बढेको र आफू सुन खोजीमा लागेको समेत बताएका थिए ।

बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्विकारेका छन् । उनको डायरीमा उल्लिखित विवरणअनुसारको रकम पूर्वडीआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाललगायतलाई दिएको उल्लेख छ । सुन तस्करीबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले गोरेलाई मंगलबार बिहानै काठमाडौंबाट पक्राउ गरेको थियो भने सार्वजनिक गरेलगत्तै विराटनगर ल्याएको थियो । राजधानीबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।