आइतवार, बैशाख १६, २०८१

दुरगामी प्रभाव पर्नेगरि औषधि आयातमा रोक लगाउँने निर्णय नर्गन विभागीय राज्यमन्त्रीको ध्यानाकर्षण

  • औषधिमा एकाधिकार होइन प्रतिस्पर्धाको आवश्यकता: व्यवसायी
  • आयात औषधिको मुल्य भन्दा  तीणगुणा बढि मुल्य उपभोक्तासंग असुल्दै उद्योगी 

 आयात बन्द गर्नुपर्ने भनिएको ३० वटा औषधिको सूचीको  २३ औ नम्वरमा सूचिकृत भेटनरी प्रडकक्टको प्यारा सिटामोल भेट नामको औषधि न विदेशबाट आयात भएको छ  न नेपालमानै यसको उत्पादन हुन्छ , तर यो औषधि निषेध गरिनु पर्ने औषधिको सूचीमा…

काठमाडौ चैत ३०,    सरकारले मुलुकको औषधि सामराज्यमा पर निर्भरताको अन्त्य गर्दै आत्मानिर्भरताका लागि स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको ठहर सहित विदेशबाट आयात भइरहेका उच्च गुणस्तरीय र सस्तो औषधि आयातमा निषेधका लागि कार्यारम्भ गर्ने तयारीगरे संगै सरोकारवाला संगठन मध्येका  प्रमुख संगठनहरु नेपाल औषधि व्यवसायी संघ, औषधि आयातकर्तासंघले सरकारको प्रस्तुत कदम  प्रति आपत्ति जनाएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको अध्यक्षतामा गठन गरेको सुझाव समितिको सुझाव अनुरुप आत्मनिर्भर भइसकेका औषधिको आयातमा रोक लगाउने सवालमा गरिएको भनिएको पछिल्ला निर्णय कार्यान्वयनको लागि उद्योगी लगायतका पक्षको लविङपछि सरकारले औषधि आयातमा निषेधको तयारीलाइ कार्यान्वयन गर्न खोजेको हो ।

यस्तो छ आयातमा निषेध गर्न सूचिकृत गरिएको औषधिको सूची:

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अगुवाईमा रहेको सरोकारवाला टोलीले बुधवार स्वास्थ्य मन्त्रायमा प्रस्तुत प्रसंगमा राज्यमन्त्री पद्मा अर्याललाइ ध्यानाकर्षण गराउँदै स्वदेशी उद्योगलाई एकाधिकार दिइने गरी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ । त्यस क्रमम संघले औषधि आयातमा निषेध भन्दा पनि गुणस्तर मापन गर्दै औषधिको बजार मूल्य कायम गर्नु  आवश्यक रहेको  जिकिर गरेका  थिए  ।

यसवीचमा विदेशबाटआयात भइरहेको विभिन्न नामका ३० वटा औषधिहरु  जुन नेपालमा  नेपाली कम्पनीलेनै प्रयाप्त  उत्पादन   गर्दै आइरहेको    भनिएका ति औषधिको   राज्यले आजको मितिसम्म जम्मा नौ वटा औषधिको मुल्य निर्धारण गरेको छ भने बाँकी २१ वटा औषधिको मुल्य निर्धारण गर्न कुनै चासो देखाएको छैन ।  एकातर्फ  प्रयाप्त उत्पादन नेपालमानै  हुने  जिकिर  अर्कोतर्फ  राज्यको नियमक निकायले  मुल्य निर्धारण  नगर्दा    स्वदेशी औषधि उद्योगीले यि औषधिको मुल्य आयात औषधिको मुल्य भन्दा  तीणगुणा बढि उपभोक्तासंग  असुल्दै आएका छन ।  यसरी  बढि मुल्य असुल्ल  पाउँने भएकै कारण वारम्वार  आयात हुने औषधिमा निषेध  गर्नेुपर्ने   आवाज  उठ्ने गरेको बुझिएको छ ।

राज्यको नियमक निकायले मुल्य निर्धारण गरिएका औषधिहरु  : आयात बन्द गर्नुपर्ने भनिएको ३०वटा औषधिको सूची मध्ये  प्रस्तुत  औषधिको मात्र   नियमक निकाय  औषधि व्यवस्था विभागले  मुल्य निर्धारण गरेका  छन ।  जुन निम्नानुसार रहेको छ ।    Albendozole  , Amoxycillin, Azithormycin   ,  Omeprazole  , Pantaprozole  , Oral Rehydration  Salts Containing  Approved  Compositon  अन्र्तगतका  औषधि ,Paracetamol, Tinidazole  र  Nimesulide   त्यस्तै सुझाव समितिले आयात बन्द गर्नुपर्ने भनिएको ३० वटा औषधिको सूचीको  २३ औ नम्वरमा सूचिकृत भेटनरी प्रडकक्टको प्यारा सिटामोल भेट नामको औषधि न विदेशबाट आयात भएको छ  न नेपालमानै यसको उत्पादन हुन्छ , तर यो औषधि निषेध गरिनु पर्ने औषधिको सूचीमा समावेस गर्न सफल सुझाव समितिको दुरदर्शीता आफैमा अपरम्पार रहेको एक व्यवासायीले बताए ।

औषधि आयातकर्ता लगायतका संस्थाले राज्यका नियमक  निकायसंग  तत्काल मुल्य निर्धारण गर्न माग गरिएका औषधिहरु : Trimethorpim+Sulphamethozazole ,  Metronidazole ,  Antacid Containing Alumiinium Magnesium Salts,  Ranitidine , Multivitamins Combination products अन्र्तगतका  औषधि ,  Cough Preparation Approved अन्र्तगतका  औषधि  ,  Enzyme Preparation Approved Combination ,  Paracetamol + Ibuprofen Combination, Cetrizine,  Indomethacin Imumediate Release , Diclofenac, Albendozole- vet, Oxyclonazide -vet,  Levamisol – vet, Paracetamol-vet,  Oxytetracycline-vet, Calamine Lotion, Calcium CArbonate Containnig Approved Combination, Gention Voilet, Tramadol  र   Cyproheptadine   प्रस्तुत औषधिको  सूचीमा  रहेको Paracetamol-vet,   नामक   औषधि   औषधि न विदेशबाट आयात भएको छ  न नेपालमानै यसको उत्पादन यद्यपी यो औषधि पनि निषेधको सूचीमा रहेको व्यवसायीहरुले बताएका छन ।    त्यसकारण  तत्काल राज्यले  औषधि आयतमा निषेध गर्नु भन्दा पनि चरणवद्धरुपमा आफ्नो कार्य सम्पादन गर्दै नितिगत निर्णग गर्नु मुलकको समृद्धिका लागि हितकर हुन्छ भने कसैको प्रभावमा परेर एकाधिकार लाद्ने  कुनैपनि किसिमको नितिगत निर्णय गर्दा त्यस निर्णयले पर्नसक्ने दुरगामी प्रभावलाइ किमार्थ नजर अन्दाज गर्न नहुँने भन्दै  विभागीय राज्यमन्त्रीको ध्यानाकर्षण गराएको औषधि आयातकर्ता संघका  महासचिव पवन आचार्यले जानकारी दिनु भएको छ ।  व्यवसायीका माग सुनेपछि सोको जवाफमा मन्त्री अर्यालले सम्वन्धित क्षेत्रका व्यक्तिसंग आवश्यक परामर्स लिएर निर्णय गर्ने आश्वासन दिदै आफुबाट एकाधिकार लाद्ने किसिमको कुनैपनि किसिमको नितिगत निर्णय नहुँने जनाउ दिनु भएको थियो ।

स्मरण रहोस यो वा त्यो वहानामा विदेशबाट आयात हुँदै आएका कतिपय गुणस्तरीय र सस्तो मूल्यका औषधिलाई निषेध गरी केही स्वदेशी उद्योगहरुले आफ्नो एकाधिकार स्थापित गर्ने कुटिल चालका सहित चालिएको कदममा राज्यका सरोकारवाला निकाय प्रत्ष्क्ष वा परोक्षरुपमा लागि पर्दैगर्दा यसको असर प्रत्यक्ष उपभोक्ता वृतमा परेको सहजै बोध गर्न सकिन्छ । उपभोक्ताले सर्वसुलभ स्वास्थ्य सेवाको नर्सैर्गिक आफ्नो अधिकार विपरित यो वा त्यो वहानामा महङगो औषधि किन्न बाध्यछन ।  औषधिमा एकाधिकार नलाउनु भन्दा प्रतिस्पर्धा मार्फत जनतालाई गुणस्तरीय र सस्तोमा औषधि उपललब्ध गराइरहेकोले आयात निषेध गर्ने निर्णय स्विकार्य नहुने आयातकर्ता र औषधि व्यवसायीको भनाई छ ।  – श्रीजन झा  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।