आइतवार, बैशाख १६, २०८१

वैशाख १ गतेदेखि शेयरमा लगानी गर्दा अनिर्वाय लगानी स्रोत खुलाउनु पर्ने

सरकारको स्रोत नखुलेको लगानीलाई थप कडाई गरिने

काठमाडौं चैत ३० , नेपाल धितोपत्र बोर्डको विहिवार बसेको बैठकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ पारित गरसंगै अव सेयरमा लगानी गर्नेले अनिवार्य स्रोत खुलाउनुपर्ने भएको छ ।   सरकारको स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति अनुरुप व्यवस्था गरिएको प्रस्तुत व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्न यस्तो व्यस्था गरेको हो ।

त्यस्तै एक दिनमा पटकपटक वा एकैपल्ट रु १० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी इकाइमा दिनुपर्ने, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाइमा अनिवार्य दिनुपर्ने, ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपाय अपनाउनुपर्ने पारित निर्देशिकामा समेटिएको वोर्डले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।